बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News भारतको जम्मू–कश्मीरमा ‘क्लाउड बर्स्ट’, कम्तीमा १२ जनाको ज्यान गयो

भारतको जम्मू–कश्मीरमा ‘क्लाउड बर्स्ट’, कम्तीमा १२ जनाको ज्यान गयो

by sambridhaonline

साउन २९ – भारतको जम्मू–कश्मीरमा किश्तवाडको चाशोटी क्षेत्रमा ‘क्लाउड बर्स्ट’ अर्थात् आरीघोप्टे वर्षापछि आएको बाढीमा परी कम्तीमा १२ जनाको ज्यान गएको छ ।

आज दिउँसो घटनामा झन्डै २ सय जना बेपत्ता भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै अहिलेसम्म ६५ जनाको उद्धार भएको छ । गृहमन्त्री अमित शाहले राहत र उद्धार कार्यमा स्थानीय प्रशासनसँग समन्वय भइरहेको बताउनुभएको छ ।

हजारौं भक्तजनहरू मचैल माता यात्राका लागि किश्तवाडको पद्दार सब–डिभिजनको चाशोटी गाउँमा पुगेको बेला आरीघोप्टे वर्षा भएको खबरमा उल्लेख छ । बाढीमा तीर्थयात्रीहरूका बस, पाल, सामुदायिक भोजनाल र धेरै पसलहरू बगेका छन् ।

मचैल माता तीर्थयात्रा हरेक वर्ष अगस्टमा हुन्छ र यसमा हजारौं श्रद्धालु सहभागी हुन्छन् । जुलाई २५ देखि शुरू भएकाे याे यात्रा सेप्टेम्बर ५ सम्म चल्नेछ ।

यसैबीच यो घटालाई लिएर भारतीय राष्ट्रपति द्रोपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले दुःख व्यक्त गर्नुभएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline