बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News हिजो साँझ तनहुको डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर

हिजो साँझ तनहुको डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर

by sambridhaonline

साउन ३०,पोखरा – तनहुँको डुम्रे बजार नजिकै सवारी दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा हिजो साँझ भएको दुर्घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

काठमाडौंबाट पोखरा आउँदै गरेको बाग्मती प्रदेश ०१-००६ ख ६५०३ नम्बरको माइक्रोबस र विपरीत दिशातर्फ जाँदै गरेको ग १ ख ७३२९ नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो । बसमा सवार ११ र माइक्रोमा सवार १० गरी २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेमा बा ०१–००६ ख ६५०३ नं को विद्युतीय माइक्रोका चालक नामथर वतन नखुलेको, बसमा सवार तनहुँ व्यास–१० बस्ने २९ वर्षीया आशा दरै, २० महिनाकी साइन दरै, लमजुङ दोर्दी नपा–२ की ३४ वर्षीया गीता थापा कुँवर, निजको छोरी १८ वर्षीया अंशु कुँवर, नवलपरासी सुनौल नपा–६ बस्ने २६ वर्षीय विशाल लामिछाने, तनहुँको व्यास नपा–१० बस्ने २७ वर्षीय सोमबहादुर परियार र चितवन भरतपुर मनपा–११ बस्ने ७४ वर्षीय पर्शुराम भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यस्तै, कास्की पोखरा मनपा बस्ने ४२ वर्षीय मेखकुमार गुरुङ, म्याग्दी बेनी नपा–८ बस्ने ३३ वर्षीय क्षितिज शेरचन दाईने, कास्की पोखरा मनपा–८ बस्ने २५ वर्षीया सम्झना ढकाल, म्याग्दी बेनी नपा–८ बस्ने ३० वर्षीया सजिना पुन, चितवन भरतपुर मनपा २३ वर्षीया रचना भण्डारी, कास्कीको पोखरा मनपा–२९ बस्ने ४२ वर्षीय ध्रुवराज सुवेदी, पोखरा मनपा–३२ बस्ने ३५ वर्षीय सचीन दुवा, महोतरी चुन्म गापा–१ बस्ने २४ वर्षीय सुवासचन्द्र यादव, नवलपुर बुलिनटार गापा– १ बस्ने ३२ वर्षीया सीता श्रेष्ठ, नवलपुर बुलिनटार गापा–१ बस्ने ११ वर्षीय समीर श्रेष्ठ, धादिङ ज्वालामुखी गापा–५ बस्ने ३६ वर्षीय साने विश्वकर्मा, तनहुँको भानु नपा–६ बस्ने ३० वर्षीया साननानी गुरुङ र लमजुङ कोलाहसोथर गापा–५ बस्ने ३८ वर्षीय बखतबहादुर गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको पोखरा मणिपाल शिक्षण अस्पताल, चितवन मेडिकल कलेज, लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline