बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News स्याङ्जामा सुन हराएको दाबीको पर्दाफाश, तीन थान गरगहना घरमै भेटियो

स्याङ्जामा सुन हराएको दाबीको पर्दाफाश, तीन थान गरगहना घरमै भेटियो

by sambridhaonline

साउन ३०,पोखरा – स्याङ्जाको फेदिखोला गाउँपालिका –१, चारघरेकी देवी कुमारी गुरुङको घरबाट चोरी भएको भनिएको सुनमध्ये घरमै भेटिएको छ भने सुनका गरगहना चोरी भएको भनी झुट्टा उजुरी दिएको आरोपमा एक महिलामाथि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले कारबाही प्रक्रिया समेत अघि बढाएको छ ।

फेदिखोला गाउँपालिका –१ चारघरेकी देवी कुमारी गुरुङले गत साउन २७ गते दिउँसो कोही नभएको समयमा आफ्नै घरको ताला फुटाई चार थान सुनका गरगहना चोरी भएको दाबी गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेकी थिइन् ।

प्राप्त सूचनाको आधारमा तत्काल खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दा घरको ताला फुटाइएको कुनै प्रमाण नपाएको र हराएको भनिएका सुनमध्ये तीन थान साउन २८ गते गुरुङकै घरभित्र फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।

साथै, घरमै राखिएको गरगहना चोरी भएको भनी झुटो विवरण दिएको विषयमा गुरुङमाथि कानून बमोजिम आवश्यक अनुसन्धान भैरहेको डिएसपी चौधरीले बताउनुभयो ।

बाँकी गहनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै, आफ्नो हक पुग्ने सम्पत्ति चोरी भएको भनी झुटा उजुरी नगर्न प्रहरीले आग्रह गरेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline