बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News अवैध ढुङ्गा ओसारपसारमा संलग्न दुई ट्याक्टर प्रहरी नियन्त्रणमा

अवैध ढुङ्गा ओसारपसारमा संलग्न दुई ट्याक्टर प्रहरी नियन्त्रणमा

by sambridhaonline

साउन ३०,पोखरा – स्याङ्जाको गल्याङ नगरपालिका –५ रूखापानी र घिमिरेखोला क्षेत्रमा अवैध रूपमा ढुङ्गा ओसारपसार भइरहेको भन्ने प्राप्त विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जयपतेबाट खटिएको टोलीले दुई वटा ट्याक्टरलाई नियन्त्रणमा लिई कारबाही गरेको छ ।

प्रहरीका अनुसार साउन २९ गतेको अपरेसनमा ग १ त ७१५५ र लु ४ त ६५६७ नम्बरका ट्याक्टर नियन्त्रणमा लिइएको हो । पक्राउ परेका ट्याक्टरहरूलाई वडा प्रहरी कार्यालय वालिङमार्फत आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले प्राकृतिक स्रोतको अवैध दोहन रोक्न नियमित अनुगमन तथा निगरानी बढाइएको बताउनुभयो । उहाले अवैध उत्खनन र ओसारपसारमा संलग्नलाई कानूनी दायरामा ल्याउने कार्यलाई थप सशक्त बनाइने उल्लेख गर्नुभयो।

यसअघि पनि स्याङ्जाको विभिन्न क्षेत्रमा नदीजन्य पदार्थको अवैध उत्खनन र ढुवानीमा संलग्न साधनसामग्री नियन्त्रणमा लिएर कारबाही गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline