बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News सिद्धार्थ राजमार्गमा लागूऔषध सेवन गरी सवारी चलाउने चारजना चालक पक्राउ

सिद्धार्थ राजमार्गमा लागूऔषध सेवन गरी सवारी चलाउने चारजना चालक पक्राउ

by sambridhaonline

भदौ ४,पोखरा – सडक दुर्घटना न्यूनीकरण गर्दै यात्रालाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउन जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सञ्चालन गर्दै आएको “ला.प.से. चेकिङ अभियान” अन्तर्गत स्याङ्जामा लागूऔषध सेवन गरी सवारीसाधन चलाउने ४ जना चालक पक्राउ परेका छन् ।

मंगलबार पुतलीबजार नगरपालिका –३, बाड्खोलास्थित सिद्धार्थ राजमार्गमा प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा उनीहरू लागू पदार्थ सेवन गरी सवारीसाधन चलाइरहेको अवस्थामा पत्ता लगाएको हो ।

नियन्त्रणमा परेकामध्ये उदयपुर चौदण्डीगढी नगरपालिका –४ का ३० वर्षीय बस चालक प्रेम परियार, स्याङ्जा भीरकोट नगरपालिका –३ देउरालीका ३० वर्षीय मोटरसाइकल चालक सागर राना, सोही नगरपालिका –३ कोखेका २३ वर्षीय मोटरसाइकल चालक लिला बहादुर खड्का र आँधिखोला गाउँपालिका –१ पञ्चमुलका ४८ वर्षीय मोटरसाइकल चालक नबिन गोर्खाली रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका चारै जनाविरुद्ध आवश्यक कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयले गत जेठ ६ गतेदेखि सुरु गरेको ‘ला.प.से. चेकिङ अभियान’ अन्तर्गत सवारी चालकको सुरक्षासम्बन्धी सचेतना बढाउने, दुर्घटना न्यूनीकरण गर्ने र सडकलाई सुरक्षित बनाउने उद्देश्य राखिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline