बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News स्याङ्जा अदालतमा जरिवाना नतिरेका तीन फरार कसूरदार पक्राउ

स्याङ्जा अदालतमा जरिवाना नतिरेका तीन फरार कसूरदार पक्राउ

by sambridhaonline

भदौ ५,पोखरा – अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विशेष अपरेशन टोली परिचालन गरी जरिवाना तिर्न बाँकी तीन फरार कसूरदारलाई पक्राउ गरेको छ ।

मंगलबार खटिएको प्रहरी टोलीले विभिन्न मितिमा अदालतले फैसला गरिसकेका तर जरिवाना नतिरी फरार रहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराएको हो ।

पक्राउ परेका व्यक्तिहरूमा अर्घाखाँची मालारानी गाउँपालिका –७ की आस्मा भट्टराई, पुतलीबजार नगरपालिका –६ टक्सारकी यमुना गुरुङ र अन्जना गुरुङ रहेका छन् ।

अदालतको आदेशअनुसार भट्टराईले ‘चेक अनादर’ मुद्दामा पाँच सय रुपैयाँ जरिवाना तिर्नुपर्नेमा बाँकी राखेकी थिइन् । त्यस्तै, यमुना गुरुङ र अन्जना गुरुङ दुवै ‘अंशवण्डा’ मुद्दामा दोषी ठहर भई जनही आठ सय पच्चीस रुपैयाँ तेत्तीस पैसा जरिवाना तिर्नुपर्नेमा फरार रहेका थिए ।

जम्मा दुई हजार एक सय पचास रुपैयाँ छैसठ्ठी पैसा बराबरको जरिवाना असुलका लागि पक्राउ परेकालाई अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन यस्ता अपरेशन निरन्तर जारी रहने छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline