बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News डेङ्गी सङ्क्रमणले उग्र रुप लिदै: ७४ जिल्लामा फैलियो, २ जनाले ज्यान गुमाए

डेङ्गी सङ्क्रमणले उग्र रुप लिदै: ७४ जिल्लामा फैलियो, २ जनाले ज्यान गुमाए

by sambridhaonline

भदौ ६, पोखरा – डेङ्गीको सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार अहिलेसम्म ३ हजार २ सय ४७ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

पछिल्लो १ हप्तामा २ सय ११ जना डेङ्गीबाट सङ्क्रमित भएका छन् । त्यसैगरी डेङ्गीको सङ्क्रमणबाट २ जनाको ज्यान गएको छ ।

कोशी प्रदेशमा ५६८, मधेश प्रदेशमा ६२, बाग्मती प्रदेशमा ६७५, गण्डकी प्रदेशमा ९१४, लुम्बिनी प्रदेशमा ५५१, कर्णाली प्रदेशमा ९३ र सुदूरपश्चिम प्रदेशमा ३८४ जनामा डेङ्गी सङ्क्रमण देखिएको डा. दाहालले जानकारी दिनुभयो । पानी पर्ने क्रम निरन्तर रहेकाले आवश्यक सतर्कता अपनाउन उहाँको आग्रह छ ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएपछि त्यसले टोकेपछि डेङ्गी रोग लाग्छ ।

डेङ्गी रोकथामका लागि सरकारले हरेक शुक्रवार लामखुट्टे खोज र नष्ट अभियान सञ्चालन गरिरहेको छ । सन् २०२४ मा डेङ्गी सङ्क्रमण ७६ जिल्लामा फैलिएको थियो भने १५ जनाले ज्यान गुमाएका थिए । त्यस बेला झन्डै ४२ हजार सङ्क्रमित भएका थिए ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline