बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News स्याङ्जामा यात्रु र सहचालकमाथि कुटपिट: दुईजना पक्राउ

स्याङ्जामा यात्रु र सहचालकमाथि कुटपिट: दुईजना पक्राउ

by sambridhaonline

भदौ ९,पोखरा – स्याङ्जाको पुतलीबजार नगरपालिका –४ नागडाँडा भालुपहाडस्थित एक होटलमा खाजा खाइ बस चढ्ने क्रममा यात्रु र सहचालकमाथि कुटपिट गरी गाडीको सिसा तथा लाइटसमेत तोडफोड गर्ने घटनामा संलग्न दुईजना पक्राउ परेका छन् ।

घटना भदौ ७ गते शनिबार बिहान ४:३० बजे भएको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले सो घटनामा संलग्न दुईजनालाई आइतबार पुतलीबजार नगरपलिका –४ ठूलीबेसीबाट लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पुतलीबजार –४ ठूलीबेसीका २७ वर्षीय अजय परियार र २१ वर्षीय निर्मल परियार रहेका छन् । जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहार कसूरमा उनीहरूलाई १० दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline