बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News पोखराको आर्वामा नगर बस दुर्घटना हुँदा २३ जना घाइते

पोखराको आर्वामा नगर बस दुर्घटना हुँदा २३ जना घाइते

by sambridhaonline

भदौ ९,पोखरा – पोखरा वडा नं. १३ आर्वामा नगर बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

सोमबार आर्वा मणिदीपबाट काहुँखोला झर्ने क्रममा ग १ख ४०२७ नम्बरको बस दुर्घटना भएको हो । बसको ब्रेक फ्रेल भएपछि चालकले नियन्त्रण गुमाउँदा सडक छेउको नालीमा पुगेर भित्तामा ठोक्किन पुगेको हो।

गाडी चालक ४२ वर्षीय तेजबहादुर मगर प्रहरीको नियन्त्रणमा रहेका छन् ।

बसमा सवार बिना बरालले भनिन्ः ‘बस डिलमा गएको भए भिर थियो, बाँचिने थिएन। कुनामा ठोक्किएर बाँचियो। भगवानले आज बचाउनुभयो।’

दुर्घटनामा घाइते सबैको उद्धार गरी अस्पताल लगिएकोमा आधा बढी डिस्चार्ज भइसकेका छन् । ४ जनाकाे अवस्था मध्यम रहेकाे कास्की प्रहरीले जनाएको छ ।

वडाध्यक्ष किरण बरालका अनुसार दुर्घटना हुने बित्तिकै उद्धार हुँदा ठूलो क्षति हुन पाएन । बरालले निजी गाडी र दुई वटा एम्बुलेन्स परिचालन गरेर उद्धार गरेका थिए ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline