भदौ १२,पोखरा – जंगली च्याउ खाँदा पोखराको बिरौटामा तीन जना बिरामी भएका छन् । कास्की प्रहरीका अनुसार बुधवार मध्यान्ह पोखरा–२१ को तितेपानीस्थित जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी परेका हुन ।
बिरामी हुनेमा ४६ वर्षीया तारादेवी आले, ३२ वर्षकी उषा विक र ६० वर्षीय दलबहादुर गुरुङ छन् । उनीहरुको गण्डकी मेडीकल कलेजमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।