बुधबार, साउन १३, २०८३
Wednesday, July 29, 2026
Home Featured News चीनले बनायो विश्वकै पहिलो 6G चिप

चीनले बनायो विश्वकै पहिलो 6G चिप

by sambridhaonline

भदौ २२ – सूचना प्रविधिको क्षेत्रमा चीनले आफूलाई पुनः विश्वकै अग्रणी साबित गर्दै विश्वकै पहिलो सिक्सजी चिप सार्वजनिक गरेको छ । यसले दुर्गम क्षेत्रमा उच्चगतिको इन्टरनेट प्रदान गर्नेछ ।

चिनियाँ वैज्ञानिकले पातलो लिथियम नियोबेट फोटोनिक पदार्थको झिल्ली र नवीन संरचनाको प्रयोग गरी उच्चगतिको वायरलेस सञ्चार चीपको विकास गरेका हुन् ।

समाचार अनुसार विद्यमान इन्टरनेट गतिको तुलनामा सिक्स जी चिपबाट ५ हजार गुणा तेज इन्टरनेट स्पीड प्राप्त हुनेछ । यसबाट विश्वका ग्रामीण क्षेत्रलाई समेत फाइदा पुग्नेछ, जहाँ अहिलेसम्म उच्चगतिको इन्टरनेट पुग्न सकेको छैन । यो चिपले भविष्यको सिक्स जी इन्टरनेटको विश्वसनीयता तथा क्षमतामा वृद्धि गर्नेछ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार चिनियाँ शोधकर्ताहरुले बेइजिङस्थित पेकिंग विश्वविद्यालय र हङ्‌कङको सिटी विश्वविद्यालयका शोधकर्ताहरुसँग मिलेर तयार पारेका हुन् । नेचर जर्नलमा प्रकाशित उक्त शोध अनुसार यसलाई सबै फ्रिक्वेन्सीमा चल्ने सिक्स जी प्रविधि भनिएको छ जसले मोबाइल स्पीडलाई कैयौँ गुणा बढाउनेछ। यो इन्टिग्रेटेड अप्टोइलेक्ट्रोनिक फ्युजन प्रविधिमा आधारित रहेको बताइएको छ ।

चीनमा जुन सिक्स जी चिपसेट तयार गरिएको छ, त्यसको आकार ११ मिलिमिटर गुणा १.७ मिलिमिटर रहेको छ । यो चिपसेटले न्यून फ्रिक्वेन्सीमा पनि काम गर्न सक्दछ । यसबाट मोबाइल तथा अन्य डिभाइसमा उत्कृष्ट इन्टरनेट स्पीडयुक्त राम्रो कनेक्टिभिटी प्राप्त हुनेछ ।

नयाँ पुस्ताको वायरलेस सञ्चारको रुपमा सिक्स जी इन्टरनेटमा विविध फ्रिक्वेन्सी ब्याण्डमा उच्च गतिको डेटा ट्रान्समिसन आवश्यक पर्दछ । यो आवश्यकतालाई सिक्स जी चिपले पूरा गर्नेछ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline