सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
Home Featured News सामाजिक सञ्जालमााथि लगाइएको प्रतिबन्ध हट्यो

सामाजिक सञ्जालमााथि लगाइएको प्रतिबन्ध हट्यो

by sambridhaonline

भदौ २५,पोखरा = जेन–जी भनिने नयाँ युवा पुस्ताले गरेको आन्दोलनको दबाबका कारण सरकार सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाउन बाध्य भएको छ । हिजो बेलुकी बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

यससँगै सरकारले बन्द गरेका फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालहरु सञ्चालनमा आउन थालेका छन् । सूचीकरण नभएको भन्दै सरकारले गएको बिहीबारदेखि यी सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय बनाएको थियो ।

फेसबुकसहितका सामाजिक सञ्जाल बन्द हुँदा अनलाइन व्यापार, व्यवसायदेखि विद्यार्थीहरूको पढाइ, विदेशमा रहेका आफन्तसँगको कुराकानी र सूचना आदानप्रदानमा समस्या भएको थियो । सामाजिक सञ्जालमाथि लगाइएको रोक, बेथिति र अव्यवस्थाको बिरोधमा युवा पुस्ताले प्रदर्शन गरेका थिए ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline