सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
Home Featured News अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त ,आज मन्त्रिपरिषद विस्तारको तयारी

अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त ,आज मन्त्रिपरिषद विस्तारको तयारी

by sambridhaonline

भदौ २८,पोखरा – अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद विस्तारको तयारी गर्नुभएको छ । मन्त्री बन्ने सम्भावित नामहरुको चर्चा धेरै भए पनि को–को मन्त्री हुँदैछन् भन्ने टुङ्गो लागेको छैन । अहिलेलाई सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले नै लिनुभएको छ ।

गएराति राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शीतल निवासमा शपथ ग्रहण गराउँदै सफल कार्यकालको शुभकामना दिनुभएको थियो । शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश, नेपाल सरकारका उच्च पदस्थ र कूटनीतिज्ञहरू सहभागी थिए ।

पहिले शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू र मन्त्रीहरु पनि उपस्थित हुने गर्थे । निवर्तमान प्रधानमन्त्रीले शपथ समारोहमा कुर्सी हस्तान्तरण गर्ने चलन थियो । तर यसपटक त्यस्तो भएन । प्रधानमन्त्री कार्कीको सपथ ग्रहण समारोहमा पूर्वप्रधानमन्त्रीहरूमा डा. बाबुराम भट्टराई मात्र उपस्थित हुनुभयो । राजनीतिक दलका नेताहरू पनि उपस्थित भएनन् । रास्वपा नेता सुमना श्रेष्ठ भने शपथमा उपस्थित हुनुहुन्थ्यो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline