बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News मुग्लिन–नारायणगढ सडक अझै खुलेन, हजारौं यात्रु अलपत्र

मुग्लिन–नारायणगढ सडक अझै खुलेन, हजारौं यात्रु अलपत्र

by sambridhaonline

असोज ४,पोखरा – हिजो बेलुका साढे ६ बजेदेखि पूर्ण रूपमा अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक अझै खुलेको छैन । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने तुइन खोलामा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

पहिरोले सडकमा झन्डै एक सय ६० मिटर लम्बाइ, १० मिटर चौडाइ र १६ मिटर उचाइको गेग्रान जम्मा भएको छ । ढुङ्का झर्ने क्रम नरोकिएकोले पहिरो पन्छाउन नसकिएको सडक डिभिजन कार्यालय भरतपुर चितवनले जनाएको छ ।

कार्यालयका अनुसार अहिले नारायणगढ र मुग्लिन दुवै तर्फबाट मेसिन प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो खस्ने क्रम रोकिएमा बेलुकासम्ममा सडक खुलाउन सकिने आशा रहेको कार्यालयले जनाएको छ । रातभर सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।

कार्यालयले सकेसम्म वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । विकल्पमा पूर्वबाट आउने साना गाडीले हेटौँडा–कुलेखानी र पश्चिमबाट आउने गाडीले कालिगण्डकी करिडोरको सडक अवस्था हेरेर प्रयोग गर्न गर्ने सडक डिभिजन कार्यालय भरतपुरका ईन्जिनियर कृष्णप्रसाद आचार्यले बताउनुभएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline