बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पोखरामा बलात्कार प्रयास गर्नेलाई २५ पटक उठबस गराएर छाडियो

पोखरामा बलात्कार प्रयास गर्नेलाई २५ पटक उठबस गराएर छाडियो

by sambridhaonline

असोज ४,पोखरा – नाबालिगमाथि भएको बलात्कार प्रयास जस्तो गम्भीर घटनामा कानुनअनुसार कारबाही अघि बढाउनुपर्नेमा पोखरा महानगरपालिका वडा नम्बर २९ का जनप्रतिनिधि स्वयं मिलापत्र प्रक्रियामा संलग्न भएको खुलासा भएको छ । वडाध्यक्ष र सचिवकै अगुवाइमा आरोपीलाई २५ पटक उठबस गराई, पीडित बालिकाको खुट्टा ढोगाएर मिलापत्र गरिएको घटना सार्वजनिक भएपछि बलात्कार प्रयास जस्तो जघन्य अपराधमा स्थानीय सरकारको संवैधानिक जिम्मेवारी र कानुनी ज्ञानप्रति गम्भीर प्रश्न उठेको छ ।

असोज १ गते बिहान करिब २ बजे स्थानीय ३० वर्षीय सुमन भण्डारीले नाबालिग बालिकाको कोठामा जबर्जस्ती प्रवेश गरी बलात्कार प्रयास गरेको आरोप छ । बालिका चिच्याएपछि मोबाल छाडेर भण्डारी भागेका थिए । यस्तो घटना प्रहरीमा जाहेरी दिनुपर्ने स्पष्ट कानुनी व्यवस्था हुँदाहुँदै टोल विकास समितिबाट सामान्य ‘माफीपत्र’ गराइयो र वडाले मिलापत्र गराएको छ । वडाध्यक्ष श्रीप्रसाद गुरुङका अनुसार टोल विकास समितिले गराएको माफीपत्रलाई नै वडाको रोहबरमा मिलापत्र गराइएको दाबी गर्नुभएको छ ।

‘उहाँहरु आफैं मिलापत्र गराइदिनुप¥यो । हामीले टोलविकास समितिमा एक किसिमका सहमति भयो । वडाकै रोहबरमा मिलापत्र गराइदिनुपर्छ भनेपछि गराइएको हो,’ वडाध्यक्ष गुरुङले भने, ‘आमा समूह छलफल भएको रैछ । उहाँहरुले थप कानुनी बाटो रोज्न बाटो छ ।’

घटना असोज १ गते बिहान २ बजेको हो । रातभर रक्सी गाँजा खाएर बसेका भण्डारी नाबालिका सुतेका कोठामा पुगेका थिए । उनीहरुको घर एकै ठाउँमा, आगन नै जोडिएका छ । रक्सीले मातेका भण्डारी नाबालिकाको सुतेका कोठामा पुगेर झुल खोलेपछि नाबालिका चिच्चाएकी थिइन् । त्यसपछि असोज १ गते टोल विकास समिति (आमा समूहका) बैठक बसेर माफी दिएका थिए ।

यद्यपि असोज २ गते पीडित पक्ष वडाध्यक्षलाई गुहारेका थिए । ‘वडाले माफि दिने नदिने कुरा नै भएन । त्यस्ता व्यक्तिलाई कारबाही गर्नुपर्छ भन्ने पक्षमा मैले भनेकै हुँ । तर, यस्तो विषय एक पटक माफी दिउँ भन्ने उहाँहरुले नै भन्नुभयो । त्यसका लागि वडाले मिलापत्र गराउन नमिल्ने भएपनि उहाँहरुले नै लिखित नै बनाइदिनु भनेपछि बनाइदिएको हुँ,’ वडाध्यक्ष गुरुङले बताउनुभयो ।

छलफलमा टोल विकास समिति, महिला समूह, स्थानीय अगुवा, वडाध्यक्ष, वडा सचिव र आरोपीसहित पीडित परिवारलाई उपस्थित थिए । वडाले मिलापत्र गराउँदा आरोपीलाई उठबस र खुट्टा ढोगाएर घटना सामसुम पारिएको हो । मुलुकी अपराध संहिता, २०७४ अनुसार १४ वर्षभन्दा कम उमेरकी बालिकामाथि करणी प्रयास गरेमा ९ देखि १० वर्षसम्म कैद सजायको व्यवस्था छ । यस्तो गम्भीर प्रकृतिको अपराधमा मिलापत्र गर्न पाउने कुनै कानुनी प्रावधान छैन । बरु, यसरी मिलापत्र गराउने व्यक्तिलाई समेत सजाय हुने कानुनी व्यवस्था छ । यस्ता घटनामा मिलापत्र गर्ने या गराउने जनप्रतिनिधिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना सजाय हुनसक्छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline