बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News कास्की कारागारबाट भागेर स्याङ्जामा पुगेका कैदी पक्राउ

कास्की कारागारबाट भागेर स्याङ्जामा पुगेका कैदी पक्राउ

by sambridhaonline

असोज ६,पोखरा – कास्की कारागारबाट भागेर आएका कर्तव्य ज्यान मुद्दाका कैदी स्याङ्जामा पक्राउ परेका छन् ।

गत भदौ २४ गते भएको जेन-जेड आन्दोलनमा राति कास्की कारागार, पोखराबाट फरार भएका स्याङ्जा भिरकोट नगरपालिका –३ निवासी यमबहादुर रोका असोज ६ गते आफ्नै घरबाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय वालिङ र मातहत युनिटको समन्वयमा खटिएको टोलीले विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका रोकालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला कारागार, स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी प्रसन्न राज चौधरीले कारागारबाट फरार हुने घटनालाई गम्भीर रूपमा लिएको बताउँदै यस किसिमका संवेदनशील मुद्दामा प्रहरी सदैव सतर्क रहेको जानकारी दिनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline