शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home Featured News गुल्मीमा चट्याङ लागेर बालिकाको ज्यान गयो, २ घाइते

गुल्मीमा चट्याङ लागेर बालिकाको ज्यान गयो, २ घाइते

by sambridhaonline

असोज ९,पोखरा – गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ५ झ्यानपानीमा चट्याङ लागेर चार वर्षीया बालिकाको ज्यान गएको छ । नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको चट्याङ लागेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिनुभयो ।

उहाँका अनुसार गएराति दुई बजेको चट्याङले विकका बुबा नेरसिंह र आमा सुन्तली विक भने घाइते भएका छन् । घरमा सुतिरहेको अवस्थामा चट्याङ लागेर नेरसिंहको छाती र पेटमा नीलडाम लागेको छ भने श्रीमती सुन्तलीको पेट र दायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते दम्पत्तिलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएपनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल प्युठान पठाइएको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline