शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home Featured News हिजोेदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक खुलाउने प्रयास चल्दै

हिजोेदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक खुलाउने प्रयास चल्दै

by sambridhaonline

असोज ९,पोखरा – लगातारको पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड खुलाउने प्रयास चलिरहेको छ । मुग्लिन नजिकै चितवनको तुइनखोलामा अस्तिदेखि बन्द सडक खुलाउने काम भईरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको । ठूलो पहिरो र ठाउँ साघुरो भएकाले धेरै मेसिन एकैपटक प्रयोग गर्न नसक्दा समस्या भईरहेको कार्यालयले जनाएको छ ।

तुइनखोलामा पटकपटक पहिरो खस्ने गरेका कारण दशैँमा घर हिँडेका यात्रुलाई सास्ती भएको छ । वैकल्पिक सडक प्रयोग गर्न चितवन प्रहरीको आग्रह गर्दै आएको छ । यो सडकखण्डको विकल्पमा महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौंडा, रुपन्देहीको बुटवल, नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोती र गैंडाकोट, धादिङको नौबिसे तथा तनहुँको हकमा खैरेनीटारबाट वैकल्पिक मार्ग प्रयोग गर्न सकिनेछ ।

चितवनबाट काठमाण्डौ आउजाउ गर्नका लागि साना गाडीले चितवनको जुटपानी, शक्तिखोर, मायाटार हुँदै धादिङको मलेखु निस्कने वैकल्पिक सडक प्रयोग गर्न सक्छन् । त्यस्तै धादिङको नौबिसेबाट मकवानपुरको हेटौंडा निस्कने त्रिभुवन राजपथ तथा मकवानपुरको हेटौंडाबाट भैंसे, भीमफेदी, कुलेखानी, सिस्नेरी हुँदै दक्षिणकालीको बाटो भएर काठमाण्डौ पुग्न सकिन्छ ।

हेटौंडा–काठमाण्डौ आउजाउका लागि ठूलो गाडीले कान्ति लोकपथ प्रयोग गर्न सक्नेछन् । चितवनबाट पोखरा जानका लागि ठूला तथा साना दुवै गाडी बुटवल हुँदै पोखरा जान सक्नेछन् । यसैगरी साना गाडी चितवनबाट कालीगण्डकी करिडोरको बाटो गैंडाकोट भिमाद हुँदै तनहुँ निस्कन सक्छन् । तर यी वैकल्पिक सडक साँघुरो र धेरै ठाउँमा कच्ची भएकाले धेरै गाडी गुड्दा जाम हुने गरेको छ ।

यसैबीच बाढी र पहिरोले अरू तीन ठाउँका सडक पूर्णरूपमा अवरुद्ध भएका छन । प्रहरी प्रधान कार्यालयका अनुसार वर्षाका कारण संखुवासभाको भोटखोला गाउँपालिका ४ वरुणमा र मकालु गाउँपालिकाको एकुवामा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै पहिरोले रुकुम पूर्वको भूमे गाउँपालिका ४ मा मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline