असोज १२ ,पोखरा –
म्याग्दीको बेनी नगरपालिका–८ कालिपुलमा टिकटक बनाउँदा कालिगण्डकी नदीमा चिप्लिएर एक युवक बेपत्ता भएका छन् ।
शनिबार दिउँसो १ बजे कालिपुल बसपार्क गण्डकी होटल एण्ड रेस्टुरेन्टको तल किनारमा ढुङ्गामा चडेर टिकटक बनाउने क्रममा कालिकोट जिल्ला शुभकालिका गाउँपालिका–८ घर भएका अन्दाजी २२ बर्षिय सदानन्लद पोखरेल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले बताउनुभयो ।
’ढुंगाबाट चिप्लिएर खसेको जानकारी आएलगत्तै खोजीकार्यमा जुटेका छौँ, अहिलेसम्म कुनै अत्तोपत्तो लागेको छैन’ सूचना अधिकारी पौडेलले भन्नुभयो । रघुगंगा गाउँपालिका–८,कुईनेमंगलेमा निर्माणाधिन ठुलोखोला हाईड्रोपावरमा काम पोख्रेलले होटलबाट तल गएर नदीमा टिकटक, फोटो खिचिरहेको अवस्थामा एक्कासी खसेपछि साथीहरूले प्रहरीलाई खबर गरेका थिए ।
बेपत्ता पोख्रेलको खोजीकार्यमा प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाको नेतृत्वमा नेपाल प्रहरी, शसस्त्र प्रहरी सहितको टोली खटिएका छन् ।