शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home Featured News अर्घाखाँचीको सन्धिखर्कमा मिनिबस दुर्घटनामा दुईजनाको ज्यान गयो

अर्घाखाँचीको सन्धिखर्कमा मिनिबस दुर्घटनामा दुईजनाको ज्यान गयो

by sambridhaonline

असोज १३, पोखरा – अर्घाखाँचीमा मिनिबस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बुटवलबाट अर्घाखाँची हुँदै गुल्मीको पुर्कोटदहतर्फ गुडिरहेको लु १ ज ४७२३ नम्बरको मिनिबस सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक खण्ड अन्तर्गत सन्धिखर्क नगरपालिका वडा नम्बर ९ अर्घाटारीमा गएराति दुई बजे दुर्घटना भएको हो ।

ज्यान गुमाउनेमा गुल्मीको मदाने गाउँपालिका.–६ पुर्कोटकी १० वर्षीया अरुणा थापा र मदाने –७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेल रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार २४ जना घाइते भएकामा एक जनालाई थप उपचारको लागि बुटवल पठाइएको छ । बाँकीको सन्धिखर्कमै उपचार भइरहेको छ ।

बस टारीको उकालो घुम्तीबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline