बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News छठ पर्व आजदेखि शुरू : पहिलो दिन ‘नहाय–खाए’ गरिँदै

छठ पर्व आजदेखि शुरू : पहिलो दिन ‘नहाय–खाए’ गरिँदै

by sambridhaonline

कार्तिक ८ , पोखरा – विशेषगरी तराई/मधेशमा मनाइने छठ पर्व आजदेखि शुरू भएको छ । पारिवारिक सुख–समृद्धि र सन्तानको कल्याणको कामनासहित छठ पर्व मनाउने गरिन्छ । चार दिनसम्म मनाइने छठपर्व अन्तर्गत पहिलो दिन आज बेलुका ‘नहाय–खाए’ गरिँदैछ । दोस्रो दिन भोलि दिनभरि उपवास बसी रातमा ‘खीर’ बनाई देउतालाई चढाएर खाने गरिन्छ । यो विधिलाई ‘खरना’ भनिन्छ ।

त्यस्तै, मुख्य दिन सोमवार ठेकुवा, भुसवालगायत कृषिजन्य अन्नको पिठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटोलगायत सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र बेलुका अस्ताउने सूर्यलाई अर्घ्य दिइन्छ । यस्तै, छठपर्वको अन्तिम दिन मङ्गलवार विहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर यो पर्वको समापन हुन्छ ।

मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरू–गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावटको काम भइरहेको छ । गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले घाटको सरसफाइ, सजावटदेखि घाटमा विगतभन्दा पनि राम्रो व्यवस्था गरिरहेको बताउनुभयो । शान्ति सुरक्षाका लागि प्रहरीसँग पनि समन्वय गरिएको छ ।

पछिल्ला वर्ष काठमाण्डौ उपत्यकासहित देशका अरु ठाउँमा पनि छठ पर्व मनाउन थालिएको छ । छठ पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्नेहरूको बजारमा भीड लागेको छ । जनकपुरधामको बजारमा बाँसबाट र माटोबाट बनेका सामग्रीहरू घैँटो, हात्ती, टोकरी, नाङ्लो, कनसुपतीलगायतको बिक्री भइरहेको छ । छठपर्वमा बाँस तथा माटोबाट बनेको सामानहरू शुद्ध मानिने भएकोले यसको माग अहिले बजारमा बढेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline