बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पर्वतको कुश्मा वजारमा ३ दिने हिमालयन ध्यान साधना शिविर शुभारम्भ

पर्वतको कुश्मा वजारमा ३ दिने हिमालयन ध्यान साधना शिविर शुभारम्भ

शिविरमा झण्डै ५ सय जनाको सहभागिता

by sambridhaonline

कार्तिक ९, पोखरा – पर्वतको कुश्मावजारमा महायोगी सिद्धवावा आध्यात्मिक प्रतिष्ठान नेपाल, पर्वत शाखाको आयोजनामा तीन दिने हिमालयन ध्यान साधना शिविर शनिवारदेखि शुभारम्भ भएको छ । शिविरको सहआयोजकमा रोटरी क्लव अफ पर्वत र विश्व प्रसाई फाउण्डेशन नेपाल रहेका छन् ।

८ गते देखि १० गतेसम्म सञ्चालन हुने सिद्धमहायोग साधनामा अनन्तश्री विभुषित महायोगी सिद्धवावाले कुण्डलिनी जागरण, विशेष शक्तिपात तथा सत्संग कृपा हुने वताईएको छ । साधनाको आज पहिलो दिन झण्डै ५ सय साधकहरुले कार्यक्रमा भाग लिनु भएको छ । साधना पुर्व जगतगुरु महायोगी सिद्धवावालाई शिवालयचोक देखि कार्यक्रम स्थल आचार्यचोकसम्म भजनकिर्तन, नौमती वाजागाजा सहित सयौं भक्तजनहरुले स्वागत सम्मान गर्नु भएको थियो ।


कार्यक्रममा म को हुँ? म किन? र मेरो भुमिका के हो? लगायतका अध्यात्मा, धर्म र विज्ञानको अन्तर सम्वन्धको वारेमा प्रवचन दिनु भएको थियो । विज्ञानको हरेक आविस्कार आत्मादेखि नै आउने हुँदा विज्ञान अध्यात्मा भन्दा अभिन्न रहन नसक्ने वताउनु भयो । हरेक मान्छे सुख, शान्ति र समृद्धी खोज्दै भौतारिंदै आएको तर सहि मार्ग अवलम्वन गर्न नसकेको कारण सुख, शान्ति, समृद्धि प्राप्त गर्न नकसेको वताउनु भयो । सदगुरुदेवले धर्म रक्षाको लागि समय अनुकुल आफ्नो आचारणमा सुधार र सुद्धीकरण हुनुपर्ने वताउनु भयो । हिमालय सिद्धमहायोगको वारेमा वताउदै हठयोग, मन्त्रयोग, लययोग र राजयोगको संयोजित उपलव्धी सिद्धमहायोगवाट प्राप्त हुने वताउनु हुँदै यसको लागि निरन्तर साधना गर्नुपर्ने वताउनु भयो ।

कार्यक्रममा महायोगी सिद्धमहायोगी आध्यात्मिक प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष विश्व प्रकाश पण्डितले हिमालय सिद्धमहायोग साधनावाट जीवन परिवर्तन गर्न सकिने वताउनु भयो । कार्यक्रम प्रतिष्ठान जिल्ला शाखा पर्वतका अध्यक्ष राम प्रसाद पराजुलीको अध्यक्षता, कार्यक्रम संयोजक विश्व प्रकाश प्रसाईको स्वागत एवम् सञ्चालनको साथै गिता, रामायण र महाभारतका अन्र्तराष्ट्रिय प्रवर्तक चन्द्रकला शखीको गुरुदेवको परिचयाको साथमा सम्पन्न भएको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline