बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पोखराबाट पशु क्वारेन्टाइन सेवा थालनी

पोखराबाट पशु क्वारेन्टाइन सेवा थालनी

by sambridhaonline

मंसिर २,पोखरा – सरकारले पोखरामा पशु क्वारेन्टाइन कार्यालय स्थापना गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागले पोखरा महानगरपालिका १५ को लामापाटनमा कार्यालय स्थापना गरेको हो ।

सरकारले पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी पशु क्वारेन्टाइन कार्यालय पोखरामा सञ्चालनमा ल्याएको हो । कार्यालयअन्तर्गत दुई स्थायी चेकपोष्ट निर्धारण गरिएको छ ।

कोरलानाकाबाट आयातनिर्यात निरन्तर रूपमा बढिरहेको र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण रूपमा सञ्चालन हुन गइरहेको परिवेशमा कार्यालय स्थापना गरिएको हो ।

पशु क्वारेन्टाइन कार्यालयमार्फत पशुपन्छीजन्य उत्पादनको राष्ट्रिय अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका रहने विश्वास गरिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline