बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय

by sambridhaonline

मंसिर २,पोखरा – बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ।

उनलाई मानवता विरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको बिबिसी हिन्दीले जनाएको छ।

उनीमाथि गत जुलाई-अगस्टमा भएको विद्रोहको दौरान मानवताविरुद्धको अपराध गरेको आरोप लगाइएको थियो।

भारतमा निर्वासनमा रहेकै अवस्थामा हसिनाको उपस्थितिबिनै उनीविरुद्ध मुद्दा चलाइएको थियो।

मृत्युदण्डको फैसला सुनाएपछि अदालत बाहिर भेला भएका नागरिकले खुशी मनाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

४५३ पन्नाको फैसला न्यायाधीश मोहम्मद गुलामा मुर्तजा मजूमदारले वाचन गरेका थिए। जसको बंगलादेश टेलिभिजनबाट प्रत्यक्ष प्रशारणसमेत गरिएको थियो।

अदालतले तत्कालीन गृहमन्त्री आसदुज्जामान खान कमाललाई पनि मृत्युदण्डको सजाय सुनाएको छ । तत्कालीन प्रहरी प्रमुख अल ममूनलाई ५ वर्षको जेल सजाय सुनाइएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline