मंसिर ६,पोखरा – पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका-१६ डण्डा बजारमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते भएका छन्।
गएराति १० बजेडण्डाबाट कावासोतीतर्फ जाँदै गरेको ना ४३ प ३४३६ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा तीनजना गम्भीर घाइते भएका थिए। मोटरसाइकल चालक कावासोती नगरपालिका-१६ गैडाचोक बस्ने ४२ वर्षीय हिराबहादुर परियारको पचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताउनुभयो ।
मोटरसाइकल पछाडि सवार कावासोती नगरपालिका- ३ बस्ने वर्ष ३२ की सुनिता जोहार्जा र कावासोती नगरपालिका- १४ बस्ने वर्ष २४ की मीना मगरको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ। मोटरसाइकललाई ठक्कर दिने सवारीसाधनको खोजी गरिरहेको प्रहरी नायब उपरीक्षक नेपालले जानकारी दिनुभयो ।