शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home Featured News आइपिएल क्रिकेटमा आज दुइवटा खेल हुदै,कर्णाली र लुम्बिनी तथा काठमाण्डु र विराटनगरबीच प्रतिस्पर्धा

आइपिएल क्रिकेटमा आज दुइवटा खेल हुदै,कर्णाली र लुम्बिनी तथा काठमाण्डु र विराटनगरबीच प्रतिस्पर्धा

by sambridhaonline

मंसिर ६,पोखरा – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज शनिवार दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा बिहान सवा ११ बजे कर्णाली याक्स र लुम्बिनी लायन्स तथा दोस्रो खेलमा दिउँसो साढे तीन बजे काठमाण्डु गोर्खाज र विराटनगर किंग्सबीच खेल हुँदैछ ।

कर्णाली र लुम्बिनीले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । कर्णाली आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटले पराजित भएको थियो भने लुम्बिनीले चितवनलाई ६ विकेटले हराएको थियो । त्यस्तै काठमाण्डुले आज तेस्रो खेल खेल्दैछ ।

उद्घाटन खेलमा काठमाण्डुले साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको थियो । अर्को खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो । त्यस्तै विराटनगरको आज दोस्रो खेल हो । आफ्नो पहिलो खेलमा विराटनगरले पोखरालाई हराएको थियो ।

दोस्रो संस्करणको एनपीएल क्रिकेटमा सुदूरपश्चिम, पोखरा, विराटनगर, काठमान्डु, लुम्बिनी, चितवन, जनकपुर र कर्णाली गरी ८ वटा टोली सहभागी छन् । गएको मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगिता यही २७ गतेसम्म चल्नेछ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline