बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News रास्वपा सभापति रवि लामिछानेलाई आज थुनामुक्त गर्ने तयारी

रास्वपा सभापति रवि लामिछानेलाई आज थुनामुक्त गर्ने तयारी

by sambridhaonline

पौष ४, पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज थुनामुक्त गर्ने तयारी छ । तुलसीपुर उच्च अदालत बुटवलले हिजो थुनामुक्त गर्न आदेश दिए पनि लामिछाने रूपन्देही जिल्ला अदालतमा स्वयं उपस्थित भएर कागज गर्नुपर्ने भएकाले आज मात्रै थुनामुक्त गर्न लागिएको हो ।

लामिछानेलाई तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले जिल्ला अदालतको साउन २६ को आदेश बदर गर्दै बिगोबराबरको बैंक जमानत लिएर सर्तसहित थुनामुक्त गर्न आदेश दिएको छ । उच्च अदालतको आदेशको सक्कल मिसिल आज रूपन्देही जिल्ला अदालत भैरहवा पुगेपछि थुनामुक्त गर्ने प्रक्रिया शुरू हुनेछ ।

अदालतले उच्चको आदेशबमोजिमको बिगोको ग्यारेन्टी र पछि अदालतबाट फैसला हुँदा बिगोको हकमा थप दायित्व सिर्जना गरेमा तिर्न बुझाउ मञ्जुर भए त्यसको कागज गराई थुनामुक्त गर्न सर्तसहितको आदेश गरेको छ । त्यसमा रवि लामिछाने स्वयं उपस्थित भएर मञ्जुर भएको कागज गरेपछि तारेख लिएर थुनामुक्त हुनुहुनेछ ।

अदालतको आदेशअनुसार रवि लामिछानेले यसअघि बुझाएको १ करोड धरौटी उच्च अदालतले स्वीकार गरेको छ । त्यो बाहेकको २ करोड ७४ लाख ८४ हजारको बैंक ग्यारेन्टी पनि स्वीकार गरेको छ । त्यसपछि सिर्जना हुने दायित्व पनि रवि लामिछाने तिर्न तयार हुनुपर्ने सर्त र रवि लामिछाने विदेश यात्रा गर्नु पर्ने भएमा त्यसको पूर्वजानकारी अदालतलाई दिनुपर्ने पनि आदेश छ ।

गएको चैतमा तुलसीपुर उच्च अदालत बुटवलकै आदेशले रवि लामिछाने पक्राउ पर्नुभएको थियो । शुरूमा भैरहवा कारागार राखिएकोमा अहिले लामिछानेलाई ललितपुरको नख्खु कारागारमा राखिएको छ । धरौटीमा थुनामुक्त हुने भए पनि रविविरूद्ध सहकारी ठगी तथा सांगठनिक अपराध, सम्पत्ति शुद्धीकरण जस्ता मुद्दा विभिन्न अदालतमा विचाराधीन नै छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline