बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News नदिजन्य पदार्थ ओसारपसारमा संलग्न तीन ट्याक्टर स्याङ्जाबाट प्रहरीको नियन्त्रणमा

नदिजन्य पदार्थ ओसारपसारमा संलग्न तीन ट्याक्टर स्याङ्जाबाट प्रहरीको नियन्त्रणमा

by sambridhaonline

पौष ४, पोखरा – अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्दै गरेका तीन वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी दहथुमबाट खटिएको संयुक्त टोलीले विभिन्न स्थानमा चेकजाँचका क्रममा ती ट्याक्टरहरू फेला पारी आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित स्थानीय तहमा बुझाएको प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक नेपालीका अनुसार २०८२ साल मंसिर २ गते भीरकोट नगरपालिका–४ छ्याङछ्याङ्दीस्थित सिद्धार्थ राजमार्गमा चेकजाँच गर्दा लु ३ त ४९६० र ग १ त ४४८९ नम्बरका ट्याक्टरले बालुवा ओसारपसार गरिरहेको भेटिएको थियो । दुवै ट्याक्टरलाई नियन्त्रणमा लिई भीरकोट नगरपालिकाको कार्यालयमा पठाइएको र जनही १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

यसैगरी, मंसिर ३ गते आँधीखोला गाउँपालिका–५ सेतिदोभान गेट पुल नजिक चेकजाँचका क्रममा ग १ त ३१७८ नम्बरको ट्याक्टर ढुङ्गा ओसारपसार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको छ । उक्त ट्याक्टरलाई अनुसन्धान तथा कानुनी कारबाहीका लागि आँधीखोला गाउँपालिकाको कार्यालयमा बुझाइएको र हाल कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले अवैध उत्खनन र ओसारपसारका गतिविधिले वातावरण र सार्वजनिक पूर्वाधारमा असर पुर्‍याउने भन्दै यस्ता कार्यविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline