बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News राष्ट्र बैङ्कले १ अर्ब २० करोड रुपैयाँ बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

राष्ट्र बैङ्कले १ अर्ब २० करोड रुपैयाँ बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

by sambridhaonline

पौष ५, पोखरा – नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको १ अर्ब २० करोड बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैङ्कले सूचना प्रकाशित गरी आफूले लिन चाहेको मुद्दती निक्षेप बराबरको रकम र ब्याजदरसमेत प्रस्ताव गरी पर्सिसम्म आवेदन दिन बैङ्क तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।

‘क’ वर्गका वाणिज्य बैङ्कमा ९६ करोड रुपेयाँ, ‘ख’ वर्गका विकास बैङ्कमा १८ करोड रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीमा ६ करोड रुपैयाँ बराबरको रकम लगानी गर्न लागेको हो ।

बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्ने, न्यूनतम कूल पूँजीकोष कायम रहेको, कूल कर्जा सापटीको ८ प्रतिशत र खुद् निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने लगायतका शर्त पूरा गरेको हुनुपर्नेछ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline