बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News आफ्ना दुई सैनिक र एक नागरिक मारिएपछि अमेरिकाद्वारा सिरियामा आक्रमण

आफ्ना दुई सैनिक र एक नागरिक मारिएपछि अमेरिकाद्वारा सिरियामा आक्रमण

by sambridhaonline

पौष ५ – आफ्ना दुई सैनिक र एक नागरिक मारिएको घटनापछि अमेरिकाले सिरियामा इस्लामिक स्टेट (आईस) लक्षित व्यापक हवाई तथा जमिनबाट आक्रमण गरेको छ । अमेरिकी रक्षा अधिकारीहरूका अनुसार हिजो साँझ शुरु भएको कारबाहीमा ७० भन्दा धेरै ठाउँमा १०० भन्दा धेरै सटीक हतियार प्रयोग गरिएको अल जजिराले जनाएको छ ।

एक हप्ताअघि सिरियाको पाल्माइरा शहरमा एक सैन्य अड्डामा भएको आक्रमणमा आयोवा नेसनल गार्डका दुई सैनिक र एक नागरिकको ज्यान गएको थियो । घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा प्रतिकार गर्ने चेतावनी दिएका दिनुभएको थियो ।

यद्यपि, आक्रमणको जिम्मेवारी कसैले नलिए पनि अमेरिकी अधिकारीहरूले आईएस संलग्न रहेको आशंका गरेका छन् । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिकाले ‘आतङ्ककारीविरुद्ध गम्भीर बदला’ लिइरहेको बताउनुभएको छ ।

रक्षा मन्त्री पिट हेगसेथले यो कारबाहीलाई ‘अपरेशन हकआइक स्ट्राइक’ नाम दिँदै अमेरिकामाथि आक्रमण गर्ने जो–कोहीलाई कडा जवाफ दिइने चेतावनी दिनुभएको छ । सिरियामा इस्लामिक स्टेटविरुद्धको अमेरिकी अभियान सन् २०१४ देखि चलिरहेको छ । सन् २०१९ मा आईएस समूहको अन्तिम किल्ला ढले पनि साना समूहहरु अझै सक्रिय रहेको अमेरिकाको भनाइ छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline