बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News स्याङ्जामा धारिलो हतियार प्रहार प्रकरणमा एक पक्राउ

स्याङ्जामा धारिलो हतियार प्रहार प्रकरणमा एक पक्राउ

by sambridhaonline

पौष ७, पोखरा – धारिलो हतियार प्रयोग गरी एक व्यक्तिलाई घाइते बनाएको आरोपमा स्याङ्जा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पुतलीबजार नगरपालिका–१३ छहरीखोलास्थित सामुदायिक बनमा सालको रूख काट्ने विषयलाई लिएर भएको विवादले उग्र रूप लिँदा ४८ वर्षीय पूर्णबहादुर अधिकारी घाइते भएका थिए । शनिबार राति करिब ८ बजेको समयमा भएको झगडाका क्रममा घाँटीको बाँया भागमा धारिलो हतियार प्रहार गरी घाइते बनाएर आरोपी फरार भएको सूचना प्रहरीले पाएको थियो ।

घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अपरेशन टोलीले पुतलीबजार नगरपालिका–१४ धारापानीका ४९ वर्षीय विष्णु भन्ने टोपबहादुर अधिकारीलाई सतौं मैदानबाट आइतबार बिहान ३:२५ बजे पक्राउ गरेको प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिनुभयो ।

पक्राउ परेका अधिकारीविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । घाइते पूर्णबहादुर अधिकारीको पोखरास्थित चरक अस्पतालमा उपचार भइरहेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline