बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News लगातारको हस्सु र शीतलहरले तराईका विद्यालय बन्द

लगातारको हस्सु र शीतलहरले तराईका विद्यालय बन्द

by sambridhaonline

पौष ८, पोखरा – तराई-मधेशका जिल्लाहरूमा लगातारको हस्सु र शीतलहरका कारण चिसो बढेपछि विद्यालय बन्द गर्न थालिएको छ।

चार दिनदेखि बढेको चिसोका कारण पर्साको वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका तथा पकहामैनपुर र छिपहरमाई गाउँपालिकाले चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै विद्यालयमा जाडो बिदा दिएको छ। वीरगञ्ज महानगरपालिकाले सोमबारदेखि बुधबारसम्म तीन दिनका लागि सामुदायिक तथा संस्थागत सबै विद्यालयमा पठनपाठन बन्द गरेको छ।

पकहामैनपुर र छिपहरमाई गाउँपालिकाले पनि बुधबारसम्म बिदा दिएका छन्। यस्तै, बाराको परवानीपुर गाउँपालिकाले पुस ११ गते शुक्रबारसम्म विद्यालयको पठनपाठन बन्द गराएको छ। सिम्रौनगढ नगरपालिकाले पनि भोलिसम्म विद्यालयमा विदा दिएको छ। यस्तै, रौतहटमा गौर नगरपालिकाले आजदेखि शुक्रबारसम्म सार्वजनिक बिदा दिएको छ। यस्तै महोत्तरीको भंगहा तथा रामगोपालपुर नगरपालिकाले पनि ६ दिनका लागि विद्यालय बन्द गराएका छन्।

पछिल्लो केही दिनयता तराईका जिल्लाहरूमा निरन्तर शीतलहर चलिरहेको छ। चिसो बढ्दा ती क्षेत्रका स्थानीयको जनजीवन प्रभावित भएको छ भने बालबालिका, वृद्धवृद्धा धेरै मारमा परेका छन्।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline