बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध

यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध

by sambridhaonline

पौष ८, पोखरा – विमानस्थलबाट आफ्नो गन्तव्यतर्फ जाने क्रममा ट्याक्सी चालकले यात्रुसँग गरेको व्यवहारको भिडियो सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक भएपछि नागरिक उड्डयन कार्यालयले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ५ जना ट्याक्सी चालकलाई कारबाही गरिएको छ। यात्रुलाई अभद्र व्यवहार गरेको भन्दै उनीहरुलाई १ महिनाको प्रतिबन्ध लगाइएको हो।

घटना पुस ३ गतेको हो । घटनाका सम्बन्धमा पुस ४ गते कार्यालयमा निवेदन पेस भएको थियो। सोही निवेदनका आधारमा विमानस्थलस्थित सुरक्षा गार्ड कार्यालयले गरेको जाँचबुझ र छानबिनबाट दोषी देखिएका ५ जना चालक र उनीहरूका ट्याक्सीलाई पुस ८ गतेदेखि लागू हुने गरी १ महिनासम्म विमानस्थलमा सेवा प्रदान गर्न रोक लगाइएको कार्यालयकी प्रवक्ता यशोदा सुवेदीले जानकारी दिनुभयो ।

विमानस्थल कार्यालयले अब उप्रान्त सेवा प्रदान गर्ने सम्पूर्ण चालकलाई यात्रुसँग नम्र, सभ्य, शालीन र मर्यादित व्यवहार गर्न निर्देशन दिएको छ। निर्देशन पालना नगरेको पाइएमा कानुन अनुसार थप कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।

यसैबिच, विमानस्थलले अनलाइन एपमा आधारित सवारी साधनहरू इनड्राइभर र पठाओलाई पनि तोकिएको नियम पालना गरी सेवा दिन बाटो खुला गरेको छ। अबदेखि यस्ता सवारी साधनले तोकिएको स्थानमा यात्रु छोड्न पाउनेछन् भने नियमानुसारको शुल्क तिरी विमानस्थलको पार्किङ क्षेत्रमा सवारी राखी यात्रु चढाउन पाउनेछन्।

अनलाइन एपमार्फत सेवा दिने यस्ता सवारी साधनलाई विमानस्थलमा चल्ने ट्याक्सी चालकहरूले कुनै पनि किसिमको अवरोध गर्न नपाउने निर्णय समेत कार्यालयले गरेको छ। यस्तै, विमानस्थलको पहुँच मार्गको दायाँबायाँ सवारी साधन रोक्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले सो क्षेत्रमा आफ्ना आफन्त वा यात्रु पर्खिएर सवारी नरोक्न समेत सबैमा अपिल गरिएको छ। यदि विमानस्थल क्षेत्रभित्र जथाभाबी रूपमा सवारी साधन रोकेको पाइएमा कानुन बमोजिम कारबाही गरिने व्यहोरा विज्ञप्तिमा उल्लेख छ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline