बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News अर्घाखाँचीमा विद्यार्थी बोकेको जीप दुर्घटना : चालकको ज्यान गयो, १६ जना घाइते

अर्घाखाँचीमा विद्यार्थी बोकेको जीप दुर्घटना : चालकको ज्यान गयो, १६ जना घाइते

by sambridhaonline

पौष ११,पोखरा – अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् ।

लु २ च ५१७९ नम्बरको जीप भूमिकास्थान नगरपालिका–७ छिर्लिंग खोला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा चालक भूमिकास्थान–१० धनचौरका ४५ वर्षीय रुद्रबहादुर बुढा मगरको ज्यान गएको अर्घाखाँची अस्पतालका स्वास्थ्यकर्मी अशोक चौहानले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका १६ जनाको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।

भूमिकास्थान नगरपालिकाले आजदेखि आयोजना गरेको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन विद्यार्थी बोकेर जाँदै गरेको जीप दुर्घटना भएको हो । दुर्घटनापछि प्रतियोगिताका सम्पूर्ण खेल स्थगित गरिएको भूमिकास्थान नगरपालिकाका मेयर झविलाल थापाले जानकारी दिनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline