बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News मेक्सिकोमा रेल दुर्घटना हुँदा कम्तीमा १३ जनाको ज्यान गयो, १०० जना घाइते

मेक्सिकोमा रेल दुर्घटना हुँदा कम्तीमा १३ जनाको ज्यान गयो, १०० जना घाइते

by sambridhaonline

पौष १४ – मेक्सिकोमा रेल दुर्घटना हुँदा कम्तीमा १३ जनाको ज्यान गएको छ भने १०० जना घाइते भएका छन् । ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने बीबीसीले जानकारी गराएको छ ।

२ सय ४१ यात्रु र ९ रेल चालकदलका सदस्य सवार रहेको रेल मेक्सिकोको राजधानीबाट झन्डै ६ सय किलोमिटर दूरीमा पर्ने ओआक्साका राज्यको असुनसियोन इक्स्टाल्टेपेक क्षेत्रमा दुर्घटनामा परेको हो ।

सीएनएनले घाइतेमध्ये ३६ जनालाई उपचारका लागि अस्पताल लगिएको र अन्यलाई सामान्य चोटपटक मात्रै लागेको उल्लेख गरेको छ । के कारणले दुर्घटना भएको हो भन्ने चाहिँ खुलिसकेको छैन । यो रेल सेवा दक्षिणी मेक्सिकोमा रेल यात्रालाई प्रोत्साहन गर्न शुरू गरिएको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline