बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News युक्रेनको राजधानी किएभमा रुसको आक्रमण

युक्रेनको राजधानी किएभमा रुसको आक्रमण

by sambridhaonline

पौष १३ – युक्रेनको राजधानी किएभमा रुसले क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ । यसले गर्दा रुस शान्ति प्रक्रियाप्रति गम्भीर नभएको स्पष्ट सन्देश दिएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ ।

आक्रमणमा कम्तीमा दुई जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका बीबीसीले जनाएको छ । आक्रमणका कारण किभ र आसपासका क्षेत्रमा ४० प्रतिशत आवासीय भवनमा विद्युत् आपूर्ति अवरुद्ध भएको युक्रेनका अधिकारीहरूले बताएका छन् ।

यसैबीच, रुसको रक्षा मन्त्रालयले युक्रेनको सैन्य संरचनासँग सम्बन्धित ऊर्जा केन्द्रहरूमा ‘सटीक हतियार’ प्रयोग गरिएको दाबी गरेको छ । उता, युक्रेनी आपतकालीन सेवाले वृद्धाश्रमबाट ६८ जनाको उद्धार गरिएको जनाएको छ ।

आक्रमणपछि जेलेन्स्की अमेरिका प्रस्थान गर्नुभएको खबरमा भनिएको छ । जहाँ उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग २० बुँदे नयाँ शान्ति योजनाबारे छलफल गर्ने कार्यक्रम छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline