बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News एसएमसी एप प्रयोग गरी अनलाइन ठगी गर्ने ११ जना पक्राउ, सचेत रहन प्रहरीको आग्रह

एसएमसी एप प्रयोग गरी अनलाइन ठगी गर्ने ११ जना पक्राउ, सचेत रहन प्रहरीको आग्रह

by sambridhaonline

पौष २२,पोखरा – नेपाल प्रहरीको साइबर ब्युरोले एसएमसी एप नामको मोबाइल एपका माध्यमबाट ठगी गरेको अभियोगमा एक चिनियाँसहित ११ जनालाई पक्राउ गरेको छ । उनीहरूले सामाजिक सञ्जाल र अनलाइन विज्ञापनमार्फत आकर्षक कमाइ गर्न सकिने प्रलोभन देखाउँदै एसएमसी एप डाउनलोड गराएर मोटो रकम असुली गरेको खुलेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा यो समूहले ७ हजार जनाबाट १२ करोड ८ लाख रुपैयाँभन्दा धेरै ठगी गरेको खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार यस गिरोहले चितवनको खैरहनीमा कार्यालय नै स्थापना गरेको थियो । उनीहरुले विश्वप्रसिद्ध फिल्म कम्पनीहरूसँग सहकार्य रहेको झुटो दाबी गर्दै फिल्मको विज्ञापन हेरेबापत पैसा पाइने लोभ देखाएर मानिसहरूलाई ‘एसएमसी’ एपमा लगानी गर्न बाध्य पार्थे ।

साइबर ब्युरोले थोरै कमिसनको लोभमा आफ्नो बैंक खाता वा क्यूआर कोड अपरिचित व्यक्तिलाई प्रयोग गर्न नदिन र ‘मनी म्युल’ नबन्न सचेत गराएको छ । प्रहरीले घरमै बसी भिडिओ हेरेर पैसा कमाउने वा थोरै लगानीमा उच्च प्रतिफल दिने जस्ता भ्रामक विज्ञापनको पछि नलाग्न र कुनै पनि अनलाइन व्यवसायमा जोडिनुअघि त्यसको आधिकारिकता जाँच गर्न अनुरोध गरेको छ ।

यदि कसैले यस्ता एप वा अनलाइन टास्कमार्फत ठगी गरेको भए तुरुन्त प्रमाणसहित प्रहरीमा उजुरी दिन समेत ब्युरोले आग्रह गरेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline