बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पोखराका ५५० घरधुरीमा भूमिगत विद्युत् सेवा सुरु

पोखराका ५५० घरधुरीमा भूमिगत विद्युत् सेवा सुरु

by sambridhaonline

पौष २३, पोखरा – पोखरामा विद्युतीय तार भूमिगत गर्ने अभियानले तीव्रता पाएको छ । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाको पोखरामा आगमी ६ महिना भित्र पहिलो चरणमा पोखरामा भूमिगत तार बिछ्याउने काम सम्पन्न गर्ने गरी कामलाई तिब्रता दिएको आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीले बताउनुभएको छ ।

उक्त परियोजनाको हालसम्म भौतिक प्रगति करिब ६५ प्रतिशत पुगेको छ । आयोजना अन्तर्गत सेती पुलदेखि कुँडहरसम्म केही छुटपुट क्षेत्र बाहेक करिब ५५० घरधुरीमा भूमिगत तार बिछ्याउन र विद्युत् सेवा सञ्चालनमा आइसकेको उहाले बताउनुभयो । ‘वर्षायाम अघि नै भूमिगत तार बिछ्याउने काम सक्ने गरी काम अघि बढाइएका छौं,’ उहाले भन्नुभयो , ‘पृथ्वीचोकदेखि लेकसाइड क्षेत्रमा हाल तीव्र गतिमा काम भइरहेको छ ।’ विसं २०७८ माघमा दुई वर्षे ठेक्कामा गएको आयोजनाको काम ढिलो गरी २०८० वैशाखदेखि सुरु भएको थियो । इञ्जिनियरिङ डिजाइन र उपकरण खरिदमा समय लाग्दा सुरुआती चरणमा प्रगति न्यून रहँदा ठेक्काको म्याद दुई पटक थप्नुपरेको आयोजनाले जनाएको छ ।

भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले पोखरा र भरतपुरमा तार बिछ्याउन करिब ३ अर्बमा ठेक्का लिएको हो, जसअन्तर्गत पोखरामा मात्र रु एक अर्ब ६० करोड खर्च हुने अनुमान छ । डलरको मुल्य बृद्धि हुनु काम ढिला सम्पन्न हुने कारणले गर्दा लागत करिब ८ देखि १० प्रतिशत बढ्न सक्ने सुवेदीको भनाइ छ । हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारदेखि पृथ्वीचोकको सेती पुलसम्म मुख्य क्षेत्रमा तार बिछ्याएर घरघरमा विद्युत् वितरण भइसकेको छ । सिर्जनाचोकदेखि सभागृह, जिरो किलोमिटर र लेकसाइडको जरेबर क्षेत्रसम्म काम जारी छ । जिरो किलोमिटरदेखि प्रसाङसम्म करिब ७५ प्रतिशत भूमिगत तार बिछ्याउने काम सम्पन्न भइसकेको छ ।

न्यूरोड क्षेत्रमा भने शहरका अन्य व्यस्त क्षेत्रको काम सकेपछि अन्तिम चरणमा सबै शक्ति केन्द्रित गरी काम गर्ने तयारी गरिएको छ । आयोजना अन्तर्गत विमानस्थल प्रवेश मार्गदेखि कुँडहरचोक, अमरसिंहचोक, पृथ्वीचोक हुँदै जिरो किलोमिटरसम्मको मुख्य राजमार्गसँगै सिर्जनाचोक, राष्ट्र बैंकचोक, लेकसाइड, सभागृहचोक, न्यूरोड क्षेत्रमा मुख्य र सहायक सडकसम्मै तार भूमिगत गरिनेछ । विद्युत् लाइनसँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि बिछ्याइँदैछ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline