बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News ऊर्जामन्त्री कुलमान घिसिङद्वारा राजीनामा

ऊर्जामन्त्री कुलमान घिसिङद्वारा राजीनामा

by sambridhaonline

पौष २४,पोखरा – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिनुभएको छ । हिजो बेलुकी प्रधानमन्त्री निवास बालुवाटरमा पुगी मन्त्री घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेश गर्नुभएको हो ।

भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आउनुभएका घिसिङ गएको भदौ ३० गते मन्त्री नियुक्त हुनुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बन्ने सहमति भएपछि उहाँलाई वर्तमान गैरदलीय सरकारबाट राजीनामा दिन दबाब बढेको थियो ।

मन्त्री पदबाट राजीनामा दिएपछि पत्रकार सम्मेलन गर्दै घिसिङले आफूले पदमा रहँदा देश र नागरिकलाई केन्द्रमा राखेर काम गर्ने प्रयास गरेको बताउनुभयो । आफूले लिएको राजीनामाको निर्णय जिम्मेवारीबाट विमुख हुने प्रयास नभई आत्मसम्मान, नैतिककता, सिद्धान्त र नागरिकप्रतिको प्रतिबद्धताको निरन्तरता भएको उहाँको भनाइ छ ।

घिसिङले उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको सहमतिमा आफ्नो नाम उल्लेख भए पनि सहमति अहिलेसम्म औपचारिक रूपमा कार्यान्वयनमा नआएको बताउनुभयो । आफ्नो समर्थन र सद्भाव रहँदारहँदै पनि अहिलेसम्म कुनै राजनीतिक पार्टीका सदस्यता नलिएको उहाँको दाबी छ । घिसिङले अब आफ्नो सक्रिय राजनीतिक जीवन शुरू हुने जानकारी पनि दिनुभएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline