मङ्लबार, बैशाख ८, २०८३
Tuesday, April 21, 2026
Home Featured News कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला आज

कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला आज

by sambridhaonline

पौष २५, पोखरा – नेपाली कांग्रेसको संस्थापन पक्षले आज केन्द्रीय सदस्यहरूको भेला गर्ने भएको छ । सभापति शेरबहादुर देउवासँग बिहीबार भएको छलफलपछि संस्थापन पक्षले केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेको हो ।

सभापति देउवासँगको छलफलमा सहभागी एक केन्द्रीय सदस्यले शुक्रबार बिहान साढे १० बजे नयाँ बानेश्वरमा भेला आयोजना गरिएको जानकारी दिनुभयो । उनले भेलामा संस्थापन पक्षमा रहेका शीर्ष नेताहरूलाई भने नबोलाइएको बताउनुभयो।

यसअघि पनि संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू शीर्ष नेताहरूलाई बोलाएर पटक–पटक भेलाहरू आयोजना गर्दै आएका थिए । उनीहरू निर्वाचनअगावै महाधिवेशन हुन नहुने पक्षमा अडान राख्दै आएका थिए । यसैबीच संस्थापन पक्षले विशेष महाधिवेशनको काउन्टरमा युवा भेला आयोजना गर्दैछ । २७ पुसका लागि तय भएको भेला बिहान साढे ११ बजे केन्द्रीय कार्यालय सानेपामा सुरू हुने भएको छ ।

‘आमनिर्वाचन, १५ औं महाधिवेशन र युवाको भूमिका’ नाम दिएर हुन लागेको भेलाको आयोजकमा संयुक्त भ्रातृ संगठनहरूलाई राखिएको एक नेताले जानकारी दिनुभयो ।

भेलाको संयोजनको जिम्मा नेपाल तरूण दलका अध्यक्ष विद्धान गुरूङलाई दिइएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline