बुधबार, साउन १३, २०८३
Wednesday, July 29, 2026
Home Featured News कोशी, बागमती र गण्डकीमा चट्याङसहित आज पनि पानी पर्ने

कोशी, बागमती र गण्डकीमा चट्याङसहित आज पनि पानी पर्ने

by sambridhaonline

चैत ३ , पोखरा – आज पनि दिउँसो र बेलुकीपख देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागका थोरै ठाउँमा हल्का वर्षा र हिमपात तथा पहाडी एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति गण्डकी र कर्णाली प्रदेशका हिमाली भागमा साधारणतया बादल लाग्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भागमा आंशिक बादल लाग्ने सम्भावना छ । अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव छ ।

हिजो काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको थियो । हुरीबतासले केही ठाउँमा घरका छाना उडाउनुका साथै रुखहरु ढलेका छन् भने असिनापानीले तरकारीबालीमा क्षति पुगेको छ ।

अहिलेको सिजनमा बिहानपख मौसम सफा भए पनि दिउँसो र बेलुकीपख हावाहुरी र चट्याङसहित वर्षा हुने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गर्दै आएका छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline