बुधबार, साउन १३, २०८३
Wednesday, July 29, 2026
Home Featured News दोहोरो नागरिकता लिएको आरोपमा कास्कीमा एकजना पक्राउ

दोहोरो नागरिकता लिएको आरोपमा कास्कीमा एकजना पक्राउ

by sambridhaonline

चैत ३ , पोखरा – जिल्ला प्रशासन कार्यालय कास्कीले झुटा विवरण पेश गरी दोहोरो नेपाली नागरिकता लिएको आरोपमा हीराधन पुनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको छ ।

साविक रुकुम जिल्लाको कोल गाउँ विकास समिति वडा नम्बर १ घर भएका जितबहादुर पुनका छोरा हीराधन पुनलाई दोहोरो नागरिकता प्रकरणमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक गरेको विवरण अनुसार पुनले यसअघि नै जिल्ला प्रशासन कार्यालय रुकुमबाट पहिलो पटक नागरिकता लिएका थिए । उनले २०४७ फागुन २९ गते रुकुमबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको देखिएको छ ।

यसरी पहिलो नागरिकता लिएको ११ वर्षपछि पुनले पुनः जिल्ला प्रशासन कार्यालय कास्कीबाट अर्को नागरिकता निकालेका हुन् ।

उनले २०५८ वैशाख २० गते कास्की प्रशासनबाट दोस्रो पटक नागरिकताको प्रमाणपत्र लिएका थिए । दोस्रो पटक नागरिकता लिँदा पुनले आफ्नो वास्तविक नाम, थर, जन्म मिति, जन्मस्थान, स्थायी ठेगाना र बाबुको नाम थर समेतको विवरण फरक पारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार झुटा विवरण दिएर दोहोरो नागरिकता लिएको विषयमा थप छानबिन गर्नुपर्ने भएकाले उनलाई नियन्त्रणमा लिइएको हो ।

प्रशासनले यो विषयमा थप कानुनी कारबाही अघि बढाउन र वास्तविकता पत्ता लगाउन प्रहरीलाई पत्राचार गरेको जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रशासनले बताएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline