बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News समानुपातिकतर्फका सांसदलाई प्रमाणपत्र वितरण आज : आयोगले राष्ट्रपतिलाई चुनावी प्रतिवेदन पनि बुझाउँदै

समानुपातिकतर्फका सांसदलाई प्रमाणपत्र वितरण आज : आयोगले राष्ट्रपतिलाई चुनावी प्रतिवेदन पनि बुझाउँदै

by sambridhaonline

चैत ५ पाेखरा – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावको अन्तिम प्रतिवेदन आज राष्ट्रपति समक्ष पेश गर्ने भएको छ । दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाइने कार्यक्रम रहेको आयोगका सहायक प्रवक्ता कुल बहादुर जिसीले जानकारी दिनुभयो । त्यसअघि आज बिहान साढे ११ बजे समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरिने आयोगले जनाएको छ ।

कान्तिपथको बहादुर भवनमा रहेको आयोगको केन्द्रीय कार्यालयमा ‘क्लस्टर’ अनुसार सांसदहरूलाई प्रमाणपत्र वितरण गरिनेछ । प्रतिवेदन राष्ट्रपति समक्ष बुझाइसकेपछि नेपालको संविधान, २०७२ को धारा ७६(१) बमोजिम नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बाटो खुल्नेछ ।

चुनावको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा स्पष्ट बहुमत हासिल गरेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद निर्वाचित भएका छन् । समानुपातिकतर्फ रास्वपाबाट ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेकपाबाट ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ४/४ जना सांसद निर्वाचित भएका छन् ।

पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फ रास्वपाले १२५ सिट जितेको छ भने नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ तथा राप्रपा र एक स्वतन्त्र उम्मेदवारले एक/एक सिट जितेका छन् । प्रतिनिधिसभामा १६५ सदस्य प्रत्यक्ष प्रणालीबाट र ११० सदस्य समानुपातिक प्रणालीबाट निर्वाचित भई कुल २७५ सदस्य रहने संवैधानिक व्यवस्था रहेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline