बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News समानुपातिक सांसदले पाए प्रमाणपत्र

समानुपातिक सांसदले पाए प्रमाणपत्र

by sambridhaonline

चैत ५ पाेखरा – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको छ ।

आयोगले आज एक कार्यक्रमकाबीच समानुपातिकतर्फका १ सय १० जना सांसदलाई प्रमाणपत्र वितरण गरेको हो । सांसदहरूलाई आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा. जानुकाकुमारी तुलाधार र सगुनशमशेर जबराले प्रमाणपत्र वितरण गर्नुभएको हो ।फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा प्रत्यक्षतर्फ निर्वाचित भएका १६५ जनाले यसअघि नै प्रमाणपत्र पाइसकेका छन् । सांसदहरूको शपथ भने चैत १२ गते गर्ने तयारी छ ।

चुनावबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दलका रूपमा आएका छन् । १८२ सिटसहित रास्वपा सबैभन्दा ठूलो दल भएको छ । कांग्रेस ३८ सिटसहित दोस्रो, २५ सिटसहित एमाले तेस्रो र १७ सिटसहित नेपाली कम्युनिस्ट पार्टी चौथो दलका रूपमा रहेको छ ।

यस पटकको चुनावबाट उदाएको श्रम संस्कृति पार्टी ७ सिटसहित पाचौँ र राप्रपा ५ सिटसहित छैटाैँ दलका रूपमा छ । एक जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

आयोगले प्रमाणपत्र दिएपछि आजै प्रतिनिधिसभा सदस्य चुनाव २०८२ को परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने तयारी गरेको जनाएको छ । अयोगले परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने हुनेछ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline