बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै , आज रातिदेखि मौसममा क्रमिक सुधार हुने

वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै , आज रातिदेखि मौसममा क्रमिक सुधार हुने

by sambridhaonline

चैत ७ , पोखरा – अहिले देशभर सबैजसो ठाउँमा बादल लागेको छ । लुम्बिनी र गण्डकी प्रदेशको धेरै ठाउँहरुमा तथा कर्णाली र बागमती प्रदेशको केही ठाउँका साथै मधेश प्रदेशको एक/दुई ठाउँमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षा भइरहेको छ ।

यो प्रणाली पूर्वतिर सर्दै गइरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । पछिल्लो एक घण्टामा पानी पार्ने प्रणाली मध्य नेपालमा केन्द्रित छ । आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँहरू, लुम्बिनी र कर्णाली प्रदेशको केही तथा सुदुरपश्चिम प्रदेशको थोरै ठाउँमा वर्षा र हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार दिउँसोपछि मध्य र पूर्व क्षेत्रमा हावाहुरी, मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा हुने सम्भावना छ । हिजो दिउँसो र बेलुकी पश्चिम र मध्य क्षेत्रमा मध्यम वर्षा भएको थियो । यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ ।

आज रातिदेखि मौसममा क्रमिक सुधार हुने महाशाखाले जनाएको छ । हावाहुरीका बेला रुख ढल्ने, कमजोर संरचना र छाना उडाउने, विद्युत् तथा सञ्चार सेवा साथै हवाई तथा सडक यातायात समेत प्रभावित हुने जोखिम रहन सक्ने हुँदा त्यसको असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

हावाहुरी र चट्याङ परेको बेला सकेसम्म घरभित्रै बस्न र घरबाहिर भएमा पनि सुरक्षित ठाउँमा बस्न मौसमविदले आग्रह गर्दै आएका छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline