बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News हिजो पक्राउ परेका पूर्वमन्त्री खड्का पनि अस्पताल भर्ना

हिजो पक्राउ परेका पूर्वमन्त्री खड्का पनि अस्पताल भर्ना

by sambridhaonline

चैत १६ , पोखरा – प्रकाउ परेका पूर्वऊर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का अस्पताल भर्ना भएका छन् ।

खड्कालाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । आइतबार नै उनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिइसकेको छ ।तर, खड्का आज त्रिवि शिक्षण अस्पतालमा भर्ना भए । अस्पताल स्रोतका अनुसार खड्कालाई आज बिहान ३ बजे अस्पताल ल्याइएको थियो । अहिले १०२९ बेड नम्बरमा भर्ना गरिएको छ ।

पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई भदौ २४ गतेको जेनजी आन्दोलनको उनको घरमा बरामद भएको रकमको अनुसन्धान गर्न नियन्त्रणमा लिइएको गृहमन्त्री सुधन गुरुङले नै बताएका थिए । खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन समेत गरेको थियो ।

जेनजी आन्दोलन दमन गरेको आरोपमा शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा पनि त्रिवि शिक्षण अस्पतालमै भर्ना भएका छन् । शनिबार नै अस्पताल भर्ना भएका उनी चिकित्सकको निगरानीमा छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline