बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News लिग–टु शृङ्खलाअघि नेपालले यूएईसँग २ वटा टी–२० खेल्ने

लिग–टु शृङ्खलाअघि नेपालले यूएईसँग २ वटा टी–२० खेल्ने

by sambridhaonline

चैत्र २७ , पोखरा – नेपालले घरेलु मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग दुई खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्ने भएको छ । आउँदो वैशाख ७ र ८ गते हुने कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा हुने यो खेललाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘ईएल क्लासिको’ नाम दिएको छ ।

नेपाल र यूएई चिर प्रतिद्वन्द्वी टोली हुन् । नेपाल यूएईबीचको क्रिकेट निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने गरेको छ । टी–२० क्रिकेटमा अहिलेसम्म यी दुई टोलीबीच ११ पटक भेट भएकोमा नेपाल ६ र यूएई ५ खेलमा विजयी भएको छ ।

यो टी–२० शृङ्खलापछि वैशाख १२ देखि २३ गतेसम्म नेपाल, ओमान र यूएई सम्मिलित आईसीसी विश्वकप क्रिकेट लिग–टु शृङ्खला हुनेछ ।

त्यसपछि जेठ १ देखि ११ गतेसम्म नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित लिग–टु शुङ्खला हुनेछ । यी दुई वटै शृङ्खला त्रिवि रङ्गशालामा हुनेछ ।

८ वटा टोली सहभागी लिग–टुमा नेपाल २० खेलमा १२ अङ्कसहित सातौँ स्थानमा छ । २४ खेलबाट ३६ अङ्क जोडेको अमेरिका शीर्ष स्थानमा छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline