शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home Featured News कालीगण्डकीमा बेवारिसे शव फेला

कालीगण्डकीमा बेवारिसे शव फेला

by sambridhaonline

बैशाख ५ पाेखरा – कालीगण्डकी नदी किनारमा बेवारिसे शव फेला परेको छ ।

पर्वतको कुश्मा नगरपालिका वडा नं. १ सह्रसधारा नजिकै कालीगण्डकीमा अन्दाजी ४५ वर्षिय पुरुषको शव फेला परेको सशस्त्र प्रहरी बल नेपाल नं. २५ गण हेडक्वाटर चण्डिका पर्वतका सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्काले जानकारी दिनुभयाे ।

नदीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबरलगत्तै घटनास्थलमा पुगेको सशस्त्र र नेपाल प्रहरीको टोलीले नदीबाट शव निकालेको थियो । शवको मुचुल्कापश्चात पोष्टमार्टमको लागि प्रदेश अस्पताल पर्वतमा पठाईएको छ ।

नाम र ठेगाना नखुलेको शव पहिचान गर्न सकिने अवस्थामा रहेकोले जिल्ला प्रहरी कार्यालय पर्वतले बेपत्ताको बारेमा खोजी गरिरहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान कार्य भई रहेको पर्वत प्रहरीले जनाएको छ ।

You may also like

Leave a Comment

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline