शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home Featured News पाेखरा तालचोकमा ९ जना जुवाडे अमेरिकन र अस्ट्रेलियन डलरसहित प्रकाउ

पाेखरा तालचोकमा ९ जना जुवाडे अमेरिकन र अस्ट्रेलियन डलरसहित प्रकाउ

by sambridhaonline

बैशाख ५ पाेखरा – पोखरा महानगरपालिका वडा नं. २७ स्थित तालचोकबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ । तालचोकको हिमालयटोलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद र विदेशी मुद्रासहित नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका बिहीबार साँझ उनीहरुलाई इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको टोलीले जुवा खेलीरहेको अवस्थामा पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ६७ हजार ५ सय ६० रुपैयाँ नगद बरामद गरेको छ । यस्तै, उनीहरूको साथबाट ११२ अमेरिकी डलर, २४० अस्ट्रेलियन डलर र ४ बुक तास समेत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।पक्राउ परेका ९ जनालाई नै हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । उनीहरूमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट ६ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।

You may also like

Leave a Comment

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline