बुधबार, बैशाख ९, २०८३
Wednesday, April 22, 2026
Home Featured News चाैतर्फी आलाेचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा

चाैतर्फी आलाेचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा

by sambridhaonline

बैशाख ९ , पोखरा – आफ्नो सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिनुभएको छ । प्रतिनिधिसभा सदस्य चुनावमा गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित गुरुङले सामाजिक सञ्जालमा लेख्दै आफूसँग सम्बन्धित विषयको निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्नका लागि राजीनामा दिएको बताउनुभएको छ ।

गुरुङले आज प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर राजीनामापत्र बुझाउनुभएको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार प्रधानमन्त्री शाहले गृह मन्त्रालय तत्कालका लागि आफूसँगै राख्नुभएको छ ।

शाहको नेतृत्वमा मन्त्रिपरिषद् गठन भएकै दिन गुरुङ गृहमन्त्री नियुक्त हुनुभएको थियो । शेयर लगानीको स्रोत र सम्पत्ति शुद्धीकरण अनुसन्धानमा हिरासतमा रहेका दीपक भट्टसँगको व्यवासायिक साझेदारीका बारेमा गुरुङको आलोचना भइरहेको छ ।

चौतर्फी आलोचनापछि गुरुङले मन्त्री बनेको २७औँ दिनमा राजीनामा दिनुभएको हो । पहिलो पटक मन्त्रिपरिषद् गठन हुँदा तेस्रो मर्यादाक्रममा रहेका गुरुङको पछि मर्यादाक्रम पाँचौँ स्थानमा झरेको थियो ।
गुरुङ नवयुवा आन्दोलनपछि राजनीतिक वृत्तमा चिनिनुभएको हो । त्यसअघि उहाँ हामी नेपाल नामक संस्थाका अध्यक्ष हुनुहुन्थ्यो ।
हामी नेपाल नामक संस्थाले त्यस बेला निर्वाह गरेको भूमिकाबारे पनि विभिन्न कोणबाट प्रतिक्रिया व्यक्त हुँदै आएको छ । विशेषगरी विपक्षी दलका नेताहरूले भदौ २३ गते भएका घटनाक्रम र भदौ २४ गते भएको विध्वंसबारे हामी नेपालको भूमिकाबारेमा पनि छानबिन हुनुपर्ने माग गर्दै आएका छन् ।

त्यस बेला अदालतबाट पक्राउ पुर्जी नलिई सोझै गृह मन्त्रालयको निर्णयका आधारमा दुवै नेता पक्राउ परेका थिए । हिरासतबाट मुक्त भए पनि दुवै जनामाथि अहिलेसम्म कुनै अभियोजन गरिएको छैन । फौजदारी कानूनका कतिपय ज्ञाताहरूले शुरूमा प्रमाण जुटाएर मात्रै यस्ता कसुरहरूमा पक्राउ गर्नुपर्ने प्रक्रियालाई प्रहरीले अवलम्बन नगरेको भन्दै सरकारको आलोचना गरेका थिए ।

You may also like

Leave a Comment

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline